×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर : ऋणीले धितोमा राखेको जग्गा अर्कैलाई बेचेको अभियोगमा बैंक सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी !

PRIME CA

बैंकिङ कसुर : ऋणीले धितोमा राखेको जग्गा अर्कैलाई बेचेको अभियोगमा बैंक सञ्चालकविरुद्ध पक्राउ पूर्जी जारी !

१५ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

धनुषा । बैंकिङ कसुरको अभियोगमा सहयोगी बिकास बैंकमा सञ्चालकविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सेवाग्राहीले बैंकमा धितो राखेको जग्गा जालसाजी तथा ठगी गरी बिक्री गरेको अभियोगमा बैंकका सञ्चालक समितिका सदस्य दिपेन्द्रकुमार यादवलाई धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने लालबाबु रौनियारले महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा जनकपुरस्थित सहयोगी विकास बैंकमा धितो राखेर यादवमार्फत व्यक्तिगत रुपमा ५० लाख रुपैयाँ ऋण लिएका थिए ।
केही वर्षभित्रै सो ऋण चुक्ता गरी पीडित लालबाबु रौनियारले सो जग्गा फिर्ता लिनका लागि बैंकलाई ७३ लाख रुपैयाँ भुक्तानीगर्दा समेत उक्त जग्गा फिर्ता नपाएपछि पीडितले ६ वर्षअघि बैंकका सञ्चालक दिपेन्द्रकमार यादव दिपुमाथि मुद्दा दायर गरेका थिए । अहिले आएर यो प्रकरण बल्झिएको हो भने त्यसैको नतिजाअनुरुप उनलाई पक्राउ पूर्जी जारी गरिएको हो । 
पीडित लालबाबु रौनियारका अनुसार उनको बर्दिवासस्थित ५ कठ्ठा जग्गा २ करोड ७० लाख रुपैयाँमा बेचिएको थियो । पीडित रौनियारले पटक–पटक बैंकमा गएर जग्गा फिर्ता गरिदिन आग्रह गर्दा समेत बैंकले बेवास्ता गर्दै आलटाल गरेपछि उनले अदालतमा मुद्दा दिएका थिए । मुद्धाको फाइल अघि बढेसँगै उनलाई पक्राउ पूर्जी जारी गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: