×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कतिवटा बैंकमा तपाईंका खाता छन् ? मौद्रिक नीतिको तथ्यांक भन्छ, ‘नेपालको जनसंख्याभन्दा बढी बैंक खाता भए’

PRIME CA

कतिवटा बैंकमा तपाईंका खाता छन् ? मौद्रिक नीतिको तथ्यांक भन्छ, ‘नेपालको जनसंख्याभन्दा बढी बैंक खाता भए’

अर्थ सरोकार

९ श्रावण २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक बर्ष २०७६-७७ को मौद्रिक नीतिमा नेपालको जनसंख्याभन्दा बढी बैंक खाता भएको तथ्यांक सार्वजनिक भएको छ । मौद्रिक नीतिको तथ्यांक अनुसार बैंकहरुमा खाता खोल्नेको संख्या २ करोड ७३ लाख पुगेको छ । जवकी नेपालको पछिल्लो जनगणना सन् २०११ को तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ छ । 
यसको कारण भने दुइवटा छन् । पहिलो कारण हालको जनसंख्या नै बढेको छ भने दोश्रो र मुख्य कारण भनेको एक व्यक्तिको विभिन्न बैंकमा खाता छन् । केहि समय अगाडी एउटै व्यक्तिको २८ वटै वाणिज्य बैंकमा खाता भएको प्रामाणसहितको समाचार पनि बाहिरिएको थियो । २०७६ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ३,५३९, विकास बैंक १,२५०, वित्त कम्पनी २०५ र लघुवित्त वित्तीय संस्थाहरुको ३,५७० गरी कुल ८५६४ शाखा संख्या पुगेको मौद्रिक नीतिमा उल्लेख छ । २०७५ जेठ मसान्तमा भने बैंकहरूको शाखा संख्या ६४१४ रहेको थियो ।
यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजिवि नेपालले सार्वजनिक गरेको मौद्रिक नीतिमा २०७५ चैत मसान्तमा एटीएम संख्या ३१८८ रहेको उल्लेख छ । त्यसैगरी उनले मोबाइल बैंकिङका ग्राहकहरुको संख्या ७० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकहरुको संख्या ८ लाख ९३ हजार, जारी भएका डेबिट कार्डको संख्या ६२ लाख ८१ हजार तथा क्रेडिट कार्डको संख्या १ लाख १३ हजार पुगेको जानकारी मौद्रिक नीति बाचनका क्रममा दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: