×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छोटो समयमै लोकप्रिय बन्दै ‘बैंकिङ सेरोफेरो’, आज जनता बैंकका सिइओसँग विशेष अन्तर्वार्ता !

PRIME CA

छोटो समयमै लोकप्रिय बन्दै ‘बैंकिङ सेरोफेरो’, आज जनता बैंकका सिइओसँग विशेष अन्तर्वार्ता !

२५ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ‘बैंकिङ सम्बन्धि सम्पूर्ण समस्याको समाधान’ भन्ने मूल नाराका साथ स्थापित ‘बैंकिङ एण्ड फाइनान्सियल सोलुसन प्रालि’द्वारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ छोटो समयमा नै लोकप्रिय बन्दै गएको छ । नेपाल टेलिभिजन न्यूज एचडी च्यानलमा प्रत्येक बुधबार बेलुकी ८:५० बजे प्रशारण हुने यो कार्यक्रमको पहिलो भागमै नेपालर राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालको एक्सक्लुसिभ अन्तर्वार्ता प्रशारण भएपछि कार्यक्रमको पहिलो भाग नै चर्चित भएको थियो । लगत्तै दोश्रो भागमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको अन्तर्वार्ताले नेपाली बैंकिङ क्षेत्रमा राम्रै हलचल ल्याएको थियो । यसरी प्रशारणको छोटो समयमा नै विशेष सामाग्रीहरु प्रस्तुत गर्दै गर्दा यो कार्यक्रम बैंकिङ क्षेत्रमा काम गर्नेहरुले हरेक बुधबार प्रतिक्षा गरेर नै हेरिरहेको पाइएको छ । 
उक्त कार्यक्रममा बैंकिङ क्षेत्रका विशेष सामाग्रीहरु प्रस्तुत हुने गरेका छन् । ‘बैंकिङ परिचय’ र ‘बैंकिङ साक्षात्कार’ गरी दुई स्तम्भ रहेको उक्त कार्यक्रममा बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न अग्रज व्यक्तित्वहरुसँगको अन्तर्वार्ता प्रस्तुत हुनेछ भने कुनै एक बैंक तथा वित्तीय संस्थाको परिचयसमेत प्रशारण हुनेछ । कार्यक्रमको ‘बैंकिङ परिचय’ स्तम्भ पनि निकै गुणस्तरीय भएको भन्दै चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ । 
बैंकिङ साक्षरता फैलाउने र बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुराहरुलाई जनतासमक्ष ल्याउने मुख्य उद्देश्यका साथ निर्माण गरिएको कार्यक्रम छोटो समयमा नै धेरैले रुचाएकोमा निर्माण युनिट निकै उत्साहित रहेको कार्यक्रमका निर्माता रंघम राज अर्यालले बताएका छन् । साथै उनले दर्शकको उत्साहजनक प्रतिक्रियाले आफुहरुलाई अझ जिम्मेवार भएर उत्कृष्ट कार्यक्रम उत्पादनका लागि हौसला मिलेकोसमेत बताएका छन् । 
असार २५ गतेको कार्यक्रममा जनताका सीइओको विशेष अन्तर्वार्ता
साथै कार्यक्रममा असार २५ गते जनता बैंकका सीइओसँग विशेष अन्तर्वार्ता प्रस्तुत हुन लागेको कार्यक्रम प्रस्तोता मनोज पौड्यालले जानकारी दिएका छन् । ‘आजको (बुधबारको) कार्यक्रममा हामीले बिग मर्जरको चर्चा गरेका छौं । जनता बैंक र ग्लोबल आइएमइ बैंकबीच हुन लागेको मर्जरका विषयमा जनता बैंकका सीइओ परशुराम कुँवर क्षेत्रीसँग हामीले कुराकानी गरेका छौं । आजको कार्यक्रममा जनता र ग्लोबल आइएमइ बैंकका कर्मचारीहरुले मर्जरपछि आफ्नो समायोजन कसरी होला ? भन्ने मनमा राखिरहेको प्रश्नको जवाफ पनि छ । साथै ग्लोबल र जनताबीचको मर्जरमा नीतिगत समस्या उठेको बारेको प्रश्नको उत्तर पनि आजको कार्यक्रममा छ।’ उनले भने । कार्यक्रम बुधबार राती ८: ५० बजे नेपाल टेलिभिजन न्यूज एचडिमा प्रशारण हुँदैछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: