×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मालबस्तु’ तथा दुवानी साधनको अनुगमन प्रणाली तत्काल खारेज गर्न सरकारसँग व्यवसायीको माग (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘मालबस्तु’ तथा दुवानी साधनको अनुगमन प्रणाली तत्काल खारेज गर्न सरकारसँग व्यवसायीको माग (भिडियो रिपोर्ट)

Artha Sarokar

३ श्रावण २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुरहरुले ‘मालबस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसीटिएस)’ तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यातायात व्यवसायी, ढुवानी व्यवसायी र यातायात मजदुर समितिले साउन १ गतेदेखि संचालनमा ल्याइएको सो प्रणाली मान्य नहुने दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो । 
ढुवानी व्यवसायीले गल्ती गरेमा पहिलो पटक ५० हजार, दोस्रो पटक ७५ हजार जरिवानासहित ढुवानीका साधनसमेत जफत गर्ने प्रावधान सो प्रणालीमा व्यवस्था गरिएकोमा आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गर्नु परेको यातायात व्यवसायी, ढुवानी व्यवसायी एवम् यातायात मजदुर समितिका संयोजक गोकर्ण पराजुलीले जानकारी दिनु भयो । उहाँले आयात, निर्मात गर्ने उद्योगीहरुलाई नभई आफूहरुलाई मारमा पार्ने गरी ल्याइएको सो प्रणाली तत्काल खारेज नभए ढुवानीको सम्पूर्ण सेवा ठप्प पार्ने चेतावनी पनि दिनुभयो ।
समितिले सानो लगानीमा रहेका ढुवानीकर्ताहरुलाई उठनै नसक्ने प्रावधानसहित सरकारले सो प्रणालीमा संचालनमा ल्याएकोमा आक्रोश पनि व्यक्त गरेको छ । हेर्नुहोस् भिडियो:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी