×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिपिए अवार्ड- २०१८ : एनएमबि र सिटिजन्सका वित्तीय प्रतिवेदन उत्कृष्ट ठहर, पाए दोश्रो र तेश्रो अवार्ड !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

बिपिए अवार्ड- २०१८ : एनएमबि र सिटिजन्सका वित्तीय प्रतिवेदन उत्कृष्ट ठहर, पाए दोश्रो र तेश्रो अवार्ड !

Artha Sarokar

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो बर्षको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ (बिपिए) अवार्ड एनआइसी एशिया बैंकलाई प्रदान गरेको छ । वाणिज्य बैंकतर्फ एनआइसी एशियाले उक्त अवार्ड प्राप्त गरेको हो । छनोट भएका वित्तीय प्रतिवेदनमध्ये सर्वोत्कृष्ट एनआइसी एशिया हुँदा क्रमश: दोश्रो र तेश्रो अर्थात फर्ष्ट रनरअप र सेकेन्ड रनर अप बिपिए अवार्ड एनएमबि बैंक र सिटिजन्स बैंकले पाएका छन् ।
एनएमबि बैंकमा गणेश पराजुली लगायतका सिए छन् भने बैंकको फाइनान्स हेडका रुपमा मृदुल पराजुली छन् । उनी एसीसीए सदस्य हुन् । यता सिटिजन्स बैंकमा भने प्रमेश राज कायस्थ सीएफओका रुपमा छन् । आज होटल र्याडिसनमा भएको एक भव्य कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा बैंकका प्रतिनिधिहरुले सो अवार्ड थापेका हुन् । अवार्ड पाएका तीनै वित्तीय प्रतिवेदनमा उल्लेख भएका ‘डिस्क्लोजर’को चौतर्फी प्रशंसा भएको थियो ।
यस्तै उत्पादन समूहतर्फ बुटवल पावर कम्पनी, सेवातर्फ ओरियन्टल (र्याडिसन) होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले अवार्ड हात पारेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी