×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उत्कृष्ट वित्तीय प्रतिवेदन (बिपिए)-२०१८ अवार्ड एनआइसी एशिया बैंकलाई (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

उत्कृष्ट वित्तीय प्रतिवेदन (बिपिए)-२०१८ अवार्ड एनआइसी एशिया बैंकलाई (भिडियो रिपोर्ट)

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यो बर्षको ‘बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट’ (बिपिए) अवार्ड एनआइसी एशिया बैंकलाई प्रदान गरेको छ । वाणिज्य बैंकतर्फ एनआइसी एशियाले उक्त अवार्ड प्राप्त गरेको हो । छनोट भएका वित्तीय प्रतिवेदनमध्ये सर्वोत्कृष्ट एनआइसी एशिया हुँदा क्रमश: दोश्रो र तेश्रो अर्थात फर्ष्ट रनरअप र सेकेन्ड रनर अप बिपिए अवार्ड एनएमबि बैंक र सिटिजन्स बैंकले पाएका छन् ।
सिएहरुको बाक्लो उपस्थिति रहेको एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपाने पनि आइक्यानकै उत्पादन हुन् । आफुले पढेको सिए इन्स्टिच्युटले प्रदान गरेको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड उनले आफैं ग्रहण गरेका छन् । यो संयोग पनि आफैंमा एउटा इतिहास हो । बैंकमा फाइनान्स हेडका रुपमा सिए बिशाल सिग्देल छन्।आज होटल र्याडिसनमा भएको एक भव्य कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा उनले सो अवार्ड थापेका हुन् ।

एनआइसी एशिया बैंकको वित्तीय प्रतिवेदनमा उल्लेख भएको ‘डिस्क्लोजर’को चौतर्फी प्रशंसा भएको थियो ।  यस्तै उत्पादन समूहतर्फ बुटवल पावर कम्पनी, सेवातर्फ ओरियन्टल (र्याडिसन) होटल र अन्य समूहतर्फ कर्जा सूचना केन्द्रले अवार्ड हात पारेका छन्।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: