
काठमाडौं – अब वाणिज्य बैंकका सहायक कम्पनीले ब्रोकर लाइसेन्स पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई वाणिज्य बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन निर्देशन दिएको हो । नेपाल धितोपत्र बोर्डको असार २५ गते बसेको बैठकले यस्तो निर्देशन दिएको हो । उक्त बैठकले आवश्यक सबै प्रक्रिया पुरा गरेका बैंकका सहायक कम्पनीलाई ब्रोकर लाईसेन्सको लागि सिफारिस गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको हो । यससंगै अब बैंकहरुले ब्रोकर लाईसेन्स पाउने भएका हुन् ।
यता नेप्सेले केही समयअघि तयार पारेको अध्ययन प्रतिवेदनमा दिएका सुझाव पनि प्रतिकुल हुने भन्दै धितोपत्र बोर्डले खारेज गरेको थियो । सो प्रतिवेदनमा नेप्सेले बाणिज्य बैंकको सहायक कम्पनीको संख्या तोक्ने, न्युनतम पुँजी तोक्ने, भौतिक संरचना कायम गर्न नपाउन लगायतका विषयहरु उल्लेख गरिएका थिए । बोर्डले नेप्से नियमावली बिपरित भन्दै यस्तो प्रस्ताव खारेज गरेको थियो ।
यसो त नेप्सेले ब्रोकर लाइसेन्सका लागि धितोपत्र बोर्डमा सिफारिस गर्ने र नेप्सेको सिफारिसको आधारमा बोर्डले ब्रोकर लाइसेन्स दिने ब्यबस्था रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्