
काठमाडौं । लाभकर विवादमा मन्त्रालयमा सहमति जुट्न नसकेपछि पुन: मंगलबार बैठक बस्दैछ । भारित औसत लाभकर गणनामा देखिएको समस्या समाधान गर्ने उदेश्यले सोमबार बसेको सरोकारवालाहरुको बैठक पनि निष्कर्षमा नपुग्दै टुंगिएको हो ।
यता अर्थ मन्त्रालयमा राजश्व सचिव लाल शंकर घिमिरेले सबै सरोकारवालाहरुलाई बैठक बोलाए पनि निर्णय भने केही हुन सकेको थिएन । सोही समस्या समाधानका लागि मंगलबार (आज) महालेखापरीक्षकको कार्यालय र आन्तरिक राजश्व विभागका प्रतिनिधि समेत राखेर पुन बैठक बोलाईएको बताईएको छ ।
मंगलबारको बैठकले भारित औसत लागत निर्धारणको लागि कट अफ मूल्य तोक्ने सम्भावना रहेको छ भने कट मिति तोकिए हालको समस्या समाधान हुने नेप्से, धितोपत्र बोर्ड, सिडीएस र लगानीकर्ताले अपेक्षा राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्