×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेस फाइनान्सको १००% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटी एक्सप्रेस फाइनान्सको १००% हकप्रद सेयर आउँदै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल !

१९ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटी एक्सप्रेस फाइनान्सको १००% हकप्रद सेयर आउने भएको छ । उक्त हकप्रद सम्बन्धी सम्पुर्ण कार्य गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटललाई नियुक्त गरेको छ । सिटी एक्सप्रेस र लक्ष्मी क्यापिटलबीच यस सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सिटी एक्सप्रेसले १ सय रुपैयाँ अंकित मूल्यको ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर खुला गर्ने भएको हो । पुँजी वृद्धि गर्न सिटी एक्सप्रेस हकप्रदको बाटोमा लागेको हो ।
सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले हस्ताक्षर गरेका हुन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी