
वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोको पर्चा समेत राखिएको छ । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिकाका वडा कार्यालयहरुसमेत तलाबन्दी गरिएको छ ।वर्तमान सरकार राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार तर्फ उल्मुख भएको भन्दै त्यसका विरुद्ध पार्टीले सुरु गरेको अभियान अन्तरगत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ ।

साढे आठ बजे रातीसम्म कार्यालयमै काम गरिरहेको अवस्थामा भेटिएका दुई जना कर्मचारी र जनप्रतिनिधीलाई विप्लव समूहले बाहिरबाट ताला लगाएर थुनेको थिए । उता गोदावरी नगरपालिकाको वडा नम्बर ७ र ८ को वडा कार्यालय परिसरमा शंकास्पद बस्तु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।