काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रति तोला ६५ हजार २ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ९ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६४ रुपैयाँ ५ रुपैयाँ कायम गरेको छ ।