×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार छैन : मन्त्री गोकुल बास्कोटा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार छैन : मन्त्री गोकुल बास्कोटा (भिडियो रिपोर्ट)

१७ असार २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको स्पष्ट पार्नु भएको छ । मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गर्नुभयो । मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उहाँले आईफा अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको प्रष्टयाउनु भएको हो । मन्त्री बास्कोटाले आईफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने स्पष्ट पार्नुभयो । उहाँले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन पनि सरकारले सो अवार्ड आयोजना गर्न स्विकृति दिएको पनि बताउनुभयो ।
बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्व बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए । समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अरर्वाैको बजेट दिन लागेको भन्दै आपत्ति जनाउनुभयो ।
समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा संचालन गर्दै आएको सो अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन पु¥यो ? भनि प्रश्न पनि गरेका थिए । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: