काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ६४ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रति तोला ६५ हजार मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ३० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ ।