![](https://1.bp.blogspot.com/-2-Z2CuLJD_8/XUElos_ut4I/AAAAAAABPXQ/D7KPCX4A74AjmTmgJnW9siG7IFbPrILMQCLcBGAs/s640/Go.jpg)
काठमाडौँ – साताको कारोबारको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ६५ हजार २ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ६५ हजार ४ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५६ हजार ७० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६९ रुपैयाँ कायम गरेको छ ।