काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहिबार प्रति तोला ६४ हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ६४ हजार ५ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरी चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।