
घरधनी र घरबहालमा बस्नेबीच भएको घर बहाल सम्बन्धि सम्झौता
लिखितम् मोहन बस्नेतकी नातिनी, राज बस्नेतकी छोरी, नैकाप बस्ने बर्ष ४४ कि ना.प्र.न ३३४४र०४८ कि राधिका बस्नेत (यसपछी प्रथम पक्ष भनिएको) र कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नम्बर १९४४५५ भएको रेखाकंन मिडिया प्रालि (यसपछी दोश्रो पक्ष भनिएको) नामक कम्पनीकाबीच मिति २०७६(०३(३० गते मिति २०७६(०४(०१ गतेदेखि लागुहुने गरी देहायका शर्तका अधिनमा रही घर बहालमा लिने दिने सम्बन्धमा मन्जुर भई यो सम्झौता गरी एक एक प्रति आपसमा बुझी लियौँ, दियौँ ।
शर्तहरु :
१. प्रथम पक्षको नाममा रहेको काठमाडौँ महानगरपालिका वडा नम्बर ३० कित्ता नम्बर १४५को जग्गामा बनेको घरमा रहेको तेश्रो तल्लाको दुई कोठा प्रथम पक्षले दोश्रो पक्षलाई बहालमा उपलब्ध गराउने ।
२. प्रथम पक्षले तोकिएको उक्त कोठा बहालमा लिए वापत दोश्रो पक्षले प्रथम पक्षलाई मासिक रु ५००० (अक्षरुपी रु पाँच हजार रुपैयाँ मात्र) उपलब्ध गराउने ।
३. दोश्रो पक्षले प्रथम पक्षलाई सम्झौता बमोजिमको घरबहाल रकम बुझाउने ।
४. घरको सरसफाई सुरक्षा र सामान्य मर्मत सुधार दोश्रो पक्षले गर्नुपर्ने र ठुलो मर्मत सुधार गर्नुपरेमा प्रथम पक्षले गर्नुपर्ने ।
५. प्रथम पक्षले दोश्रो पक्षलाई पानी बिजुली प्रयोग गर्न दिने र सो सुविधा उपयोग गरेवापत दोश्रो पक्षले आपसी सहमतिमा निर्धारण गरेको दरमा रकम प्रथम पक्षलाई बुझाउने ।
६. दोश्रो पक्षले फोहोर संकलन वापतको शुल्क प्रथम पक्षलाई बुझाउने ।
७. बहाल दुवै पक्षको आपसी सहमतिमा वृद्धि हुनेछ । तर २ बर्ष नाघेपछि निश्चित दरमा बिद्धि गर्न बाधा पर्ने छैन।
८. सम्झौताको म्याद सकिनु अगावै दोश्रो पक्षले घर छाडी अन्यत्र जान चाहेमा ६० दिन अगावै प्रथम पक्षलाई जानकारी गराउनुपर्नेछ ।
९. सम्झौताको म्याद सकिनु अगावै प्रथम पक्षले घर खाली गर्न चाहेमा ६० दिन अगावै प्रथम पक्षलाई जानकारी दिनुपर्नेछ ।
१०. प्रथम पक्षले सम्झौता विपरित आधारभूत सुविधा उपलब्ध नगराएमा वा दोश्रो पक्षले घरको हानी नोक्सानी हुने काम गरेमा घरको सुरक्षा वा आवरणमा प्रतिकुल असर गर्ने कुनै पनि काम गरेमा जुनसुकै समयमा पनि सम्झौता रद्ध हुनेछ ।
११. प्रथम तथा दोश्रो पक्षले आपसी समझदारीमा सम्झौताका बुँदाहरु थपघट गर्न सक्नेछन्।
१२. यो सम्झौता २०७६-०४-०१ गतेदेखि २०७८ साल असार मसान्तसम्मका लागि हुनेछ । दुवै पक्षले चाहेमा सम्झौताको म्याद थप गर्न सकिनेछ ।
प्रथम पक्षका तर्फबाट दोश्रो पक्षका तर्फबाट
नाम: नाम :
सहि : सहि :
साक्षी : साक्षी :
प्रिती फन्टमा तयार यस सम्झौताको Word File यहाँबाट Download गर्न सक्नुहुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्