आइएमई ग्रुप अन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपले नयाँ विशेषता थप गरेको छ । मोबाइल एपमा डिल्सू भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आइएमई पे मोबाइल वालेट एप चलाउने महानुभावहरूले विभिन्न रेस्टुरेन्ट वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्नेछन् ।
आइएमई पे मोबाइल वालेट एप गुगल प्ले वा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराई प्रमाणित भएपछि सेवाग्राहीहरूले आइएमई वा आइएमई पे एजेन्टबाट, वा आफ्नो बैंकबाट सिधै, वा आइएमई पे मोबाइल वालेट एप चलाउने आफ्नो साथी भाइबाट मोबाइल वालेटमा पैसा हाल्न सक्नेछन् । काठमाडौँ र पोखराका विभिन्न रेस्टुरेन्टहरूमा हाल डिल्स सेवा अन्तर्गत् विभिन्न छुटको व्यवस्था गरिएको छ ।
आइएमई पे मोबाइल वालेट एपको डिल्सको विशेषता :
- आइएमई पे मोबाइल वालेट एपका कुनै पनि ग्राहकले तोकिएको स्थानमा गई आइएमई पेबाट भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने छ ।
- यसका साथै आइएमई पेबाट विक्रेता अर्थात् मर्चेन्ट बनेका विक्रेताले आफ्नो छुटको विज्ञापन बिना कुनै शुल्क आइएमई पेका ग्राहकहरूलाई देखाउन वा प्रदर्शन गर्न सक्नेछन् ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री विकास कुमार नहाटा भन्छन्, आइएमई पे मोबाइल वालेट एपका हालका प्रयोगकर्ता र भविष्यमा हामीसँग आबद्ध हुने सेवाग्राहीहरूको पनि प्रमुख चाहना भनेकै आफूले खरिद गरी आइएमई पेबाट भुक्तानी गर्दा सजिलो र फलदायी होओस् भन्ने चाहना नै हो । यसलाई नै मध्यनजर गरी हामीले डिल्सू शीर्षक सुरु गरेका हौँ, जसबाट सेवाग्राहीहरूले आफ्नो वरिपरि के(कस्तो सुविधा र अफर चलिरहेको छ भनेर जानकारी पाउँछन् र आइएमई पेबाट भुक्तानी गर्दा विक्रेताले प्रदान गर्ने छुट सजिलै प्राप्त गर्न सक्छन् ।
हाम्रा सेवाग्राहीहरूका लागि पनि हामीले सजिलो प्रावधान उपलब्ध गराएका छौँ । विक्रेताहरूले आफूले चाहेको जस्तो अफर सिर्जना गरी आइएमई पे एपमा आफ्नो विज्ञापन देखाउन सक्ने र हाम्रो मोबाइल एप प्रयोग गर्ने सेवाग्राहीहरूलाई आफ्नो व्यवसायतिर आकर्षित गर्न सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्