काठमाडौं – इमर्जिङ नेपाल लिमिटेडले ५ लाख कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले ५ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
इमर्जिङ नेपालको आइपीओमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ । यस कम्पनीको आइपीओले ग्रेड ४ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो ।