Skip to content
LAXMI SUNRISE BANK

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकलाई बुद्ध एयरको टिकटमा विशेष छुट

अर्थ सरोकार

काठमाडौं– आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा बुद्ध एयरसँग साझेदारी सम्झौता सम्पन्न गरेको छ ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन् ।
यस सम्झौताले कम्पनीसँग आबद्ध सम्पूर्ण ग्राहकले नेपालको उत्कृष्ट हवाइसेवा प्रदायक कम्पनीबाट प्रदान हुने सेवाबाट थप लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको ज्योति लाईफले जनाएको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्री र बुद्ध एयरका विक्रि तथा बजारीकरण विभागका निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK