काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुमारी बैंकको २१.२५% बोनस सेयर सूचीकृत भएको छ । शुक्रबार बैंकले कुल १ करोड ५२ लाख २१ हजार ७८१.३९ कित्ता बोनस सेयर सूचीकरण गराएको हो । कुमारीको गत वैशाख २६ गते सम्पन्न २ आर्थिक वर्षको साधारण सभाले २१.२५% बोनस वितरण गर्ने निर्णय गरेको थियो ।