
काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। कैलाश बिकास बैंकका उच्च व्यवस्थापन सहितको टोली नगरकोटमा बजेट कन्फेरेन्समा हुँदै गर्दा यता उक्त हस्ताक्षर भएको हो । प्राइमका तर्फबाट अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र मर्जर समिति संयोजक गजेन्द्र बिष्ट तथा कैलाशका अध्यक्ष नारायणप्रसाद पौडेल संयोजक सुनिलनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
प्राइमले कैलाशलाई प्रतिशेयर ९४ रुपैयाँ दिने सहमति भएको छ। प्राइममा कैलाशका कोहि पनि सञ्चालक हुने छैनन् भने अबको प्रमुख कार्यकारीमा प्राइमका नारायणदास मानन्धरले नै निरन्तरता पाउनेछन्। माथिल्लो ब्यवस्थापनमा पनि प्राइमका नै रहनेछन् भने कैलाशका प्रमुख कार्यकारी अधिकृतले बैंक छोड्ने भएका छन् ।
तारा मानान्धरको करियरमा धक्का, उच्च व्यवस्थापनलाई बैंकले बिदा दिने !
प्रभु छोडेर मुक्तिनाथ बिकास बैंक र मुक्तिनाथ छोडेर कैलाश आएका तारा मानन्धरको करियरमा फेरि धक्का लाग्ने भएको छ । उनी लामो समय कैलाशमा काम गर्ने मनस्थिति बनाएर कैलाश आएका थिए । तर तारा मानन्धरसहित बैंकको उच्च व्यवस्थापनलाई विदा गर्ने अनौपचारिक सहमति भइसकेको प्राइम स्रोतले जानकारी दियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्