×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

कामना सेवा विकास बैंकको नयाँ शाखा म्याग्दी र नवलपरासीमा, शाखा सञ्जाल ९६ पुग्यो

GARIMA BANK AD
BIZBAZAR AD
बेनीकाठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा न. ८, बेनीबजार र नवलपरासी जिल्ला(बर्दघाट सुस्तापूर्व)गैंडाकोट नगरपालिका वडा नं. ४, बेल्डिहामा शाखा बिस्तार गरेको छ ।
साउन ३ गते एकैसाथ २ वटा शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । योसँगै अब बैंकको शाखा संख्या ९६ पुगेको छ ।
बेनीशाखाको कारोबार शुभारम्भ बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ र बैंकका सञ्चालक चतुराखर अधिकारीले गरेका हुन् । कारोबार शुभारम्भ समारोहमा वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण बराली, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य र बंैकका प्रदेश नं. ४ का प्रमुख टुबराज वास्तोला लगायतकोउपस्थिति रहेको थियो ।
यसैगरी गैंडाकोट नगरपालिकाका मेयर क्षेत्रराज पौडेल र बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले संयुक्त रुपमा बेल्डिहा शाखाको कारोबार शुभारम्भ गरेका हुन् ।
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal