काठमाडौं । लाभकर गणना विधिको विरोध गर्दै लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड पुगेका छन् । लगानीकर्ताहरुका पाँच वटा संगठनका अध्यक्षहरुले मंगलबार धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई संयुक्तरुपमा भेटेर विरोध पत्र बुझाएका हुन् ।
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल, नेपाल पूँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरी र सेयर लगानीकर्ता दबाब सूमहका अध्यक्ष हरि ढकाल लगानीकर्ताका तर्फबाट विरोध पत्र बुझाउन धितोपत्र बोर्ड पुगेका हुन् ।
लगानीकर्ताका पाँच वटा संगठनले लगानीकर्तालाई ल्याप्चे युगको अन्त्य गर्नका लागि आन्दोलनमा उत्रन समेत चेतावनी दिएका छन् ।