×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ अर्ब ९० करोडको लगानीमा लमजुङको बेशीशहरमा स्मार्ट फिल्म सिटी बन्ने (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

५ अर्ब ९० करोडको लगानीमा लमजुङको बेशीशहरमा स्मार्ट फिल्म सिटी बन्ने (भिडियो रिपोर्ट)

१९ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – लमजुङको बेशीशहरमा अन्तराष्ट्रिय स्तरको फिल्म सीटी बन्ने भएको छ । बुधबार संचार मन्त्रालयमा एक कार्यक्रमका बीच वल्र्ड एरिया लाइन भिलेज नेपाल नामक सो फिल्म सीटीको निर्माण वल्र्ड एरिया होल्डीङ ईटली र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्रालीले संयुक्त लगानीमा निर्माण हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा संञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाको समुपस्थितिमा वल्र्ड एरिया होल्डीङ ईटलीका तर्फबाट अघ्यक्ष फ्रान्सेस्को सिङ्नोरीएलो र स्काइ इन्टरटेन्मेन्ट इन्भेस्मेन्ट प्राईभेट लिमिटेड नेपालका तर्फ बाट अघ्यक्ष आकाश अघिकारीले हस्ताक्षर गर्नुभयो । 
यसको निर्माण लागत अनुमानित ५ अर्व ९० करोड रुपैयाँ रहेको छ । ५ वर्ष भित्रमा निर्माण सम्पन्न गरि सक्ने लक्ष्य रहेको सो फिल्म सीटीको निर्माण पछि अन्तराष्ट्रिय स्तरको प्रविधि सम्पन्न चलचित्र छायाङकन र सम्पादनको सुविधा उपलव्ध हुनेछ । 
फिल्म सीटीको निर्माण बाट आन्तरिक रोजगारी सृजना हुनुका साथै सरकारले राजश्व समेत प्राप्त गर्नेछ । फिल्म सीटीको निर्माण सगै सो क्षेत्रमा एउटा पाँच तारे होटलका साथै अन्य पर्यटकिय पुर्वाघार समेत निर्माण गरिने छ । हेर्नुहोस् भिडियो: 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: