
कैलाली – असारे बजेटको खोलो बगाएर बिल मिलाएको भन्दै कैलालीको लम्कीचुहा नगरपालिकामा राती कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले थुनेका छन् ।
‘पार्टीको भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत मध्य रातमा शंकास्पद रुपमा नगरपालिकाको लेखा शाखामा काम गरिरहेको अवस्था भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई थुनेका हौँ।’ पार्टीका एक जिल्ला नेतालाई उधृत गर्दै अर्थ सरोकारको सहकर्मी रेडियो लम्की एफएमका पत्रकार तीर्थ जैशीले भने । उनका अनुसार ती नेताका लम्कीचुहा नगरपालिका वडा नम्बर ४ को कार्यालयमा तालाबन्दी गरेको जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले पनि कर्मचारी थुनिएको कुरा पुष्टि गरेको छ ।
कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले कर्मचारीहरु र जनप्रनिधी काम गरिरहेको अवस्थामा बाहिरबाट ताला लगाईएको कुरा साचो भएको बताए तर ताला कसले लगाएको हो भन्ने कुरा खुल्न नसकेको बताएका छन् । नगरपालिका परिसरमा सेती महाकाली व्युरो लेखिएको पर्चा भेटिएको समेत उनले जनाए।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्