×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायीहरुलाई आउँदै यस्तो कडा नीति, हेर्नुहोस् बैंकबाट यस्तो फर्म भरे मात्र ऋण पाईने !

PRIME CA

व्यवसायीहरुलाई आउँदै यस्तो कडा नीति, हेर्नुहोस् बैंकबाट यस्तो फर्म भरे मात्र ऋण पाईने !

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – व्यवसायीहरुका लागि ऋण लिनुअघि पूरा गर्नु पर्ने प्रक्रियामा कडाइ हुने भएको छ । व्यवसायीहरुले निश्चित फर्म भरेपछिमात्र बैंकबाट ऋण पाउने भएका छन् । व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै विवरण पठाउँदा वित्तीय पारदर्शीता नभएको भन्ने चौतर्फी गुनासो आउन थालेपछि आन्तरिक राजस्व विभागले यस्तो कार्यलाई न्यूनिकरण गर्न उक्त व्यवस्था ल्याउन लागेको हो । आर्थिक वर्ष २०७५/७६ को बजेटमा एउटै विवरण बुझाउनुपर्ने व्यवस्था आएको थियो । 
व्यवसायीहरु फर्म भर्दा  लिन चाहेको ऋण रकम एकमुष्ट फर्ममा उल्लेख गर्नुपर्नेछ । फर्म भरिसकेपछि एउटा कोड नम्बर प्राप्त हुन्छ । त्यसपछि ग्राहक बैंकमा ऋणका लागि निवेदन दिन जाँदा उक्त कोड नम्बर लिएर जानुपर्नेछ । बैंकले राजस्व विभागको सर्भरमा गएर उक्त कोट नम्बर हालेर ग्राहकको विवरण लिन्छ र राजस्वमा भएको विरणका आधारमा ऋणको प्रक्रिया अघि बढाउँछ । यो झन्झटिलो प्रक्रिया भएपनि गलत काम गर्नेहरुका लागि भने गलत धन्दामा पूर्ण विराम लाग्ने अपेक्षा गरिएको छ । 
व्यवसायीहरुले बैंकमा ऋण लिँदा चाँही धेरै कारोबार र नाफा भएको देखाउने तर राजस्व तिर्दा चाँही कम कारोबार र नाफा भएको विवरण पेश गर्दै आईरहेको गुनासो बढेपछी सरकारले यस्तो प्रवृत्तिलाई रोक्न नयाँ व्यवस्था कार्यान्वयन गर्न लागेको हो ।
विभागले नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोशिएसनको सहकार्यमा त्यस्तो प्रणाली विकास गरेको जनाएको छ । केहीदिनभित्रै व्यवसायीहरुलाई बोलाएर छलफल गरी यो व्यवस्था लागू गर्ने विभागको तयारी छ ।यद्यपी यो व्यवस्था पनि लागु गर्न नैदना व्यवसायीहरु लविङमा छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: