लाष्ट रिमाइन्डर :
कम्पनी : लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपाल लि.
लाभांश : ७०% (बोनस र नगद)
बुक क्लोज : साउन ९ गते बिहीबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : साउन ८ गते, बुधबार
विशेष साधारणसभा : साउन २४ गते
विवरण :
लाइफ इन्स्योरेन्स कम्पनी (एलआइसी) नेपाल लि. को ७०% लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज साउन ९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ ।
सभामा पेस हुने प्रस्ताव :
३४.४६% बोनस सेयर र ३५.५४% नगद लाभांश दिने
सञ्चालक समितिमा एक जना स्वतन्त्र र कम्तीमा एक जना महिलासहित ६ जना सञ्चालक रहने गरी नियमावलीमा संशोधन गर्ने
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने
सभा हुने स्थान र समय :
नेपाल पुलिस क्लबको सभाहल, भृकुटीमण्डप काठमाडौंमा बिहान ९.३० बजे
कम्पनी प्रोफाइल :
बोनसपछि चुक्ता पुँजी : २ अर्ब १ करोड रुपैयाँ पुग्ने