
काठमाडौं । साउन महिनामा तरलता केहि सहज भएको भन्ने चर्चा भइरहेका बेला बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्न नसकेको पाइएको छ । ऋणको माग अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा आवश्यक मात्रामा निक्षेप बढ्न नसकेपछि व्यवसायी र बैंक दुवै समस्यामा परेका छन् ।
एक बर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले २०.२५ प्रतिशत विस्तार गरेका छन् । गत आर्थिक बर्षमा बाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले ५ खर्ब १५ अर्ब रुपैयाँले निक्षेप बढाएका थिए । नेपाल राष्ट्र बैंकका अनुसार ऋण बिस्तार भने झन्डै ४ खर्ब ९० अर्ब रुपैयाँले बढेको देखिएको छ । जसमा १८.१५ प्रतिशतले निक्षेप संकलन बृद्धिमात्र भएको पाइएको छ । बैंक तथा वित्तीय संस्थामा ३३ खर्ब ५१ अर्ब रुपैयाँ कुल निक्षेप रहेको छ भने २९ खर्ब ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यसो त बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन र ऋण लगानीमा केहि सन्तुलन देखिएपनि अझै लगानी योग्य पूँजीको अभावमै बैंक तथा वित्तीय संस्थाहरु गुज्रिरहेका छन् । तरलता समस्या कहिलेसम्म अगाडी जाने हो भन्न सक्ने अवस्था छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्