
काठमाडौं – माछापुच्छ्रे बैंकले साउन ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारण लागि र बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
माछापुच्छ्रे बैंकले १० वर्ष अवधिको ‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्रमा वार्षिक १०.२५% ब्याज पाइनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो ऋणपत्रलाई पर्याप्त कर्जा सुरक्षा जनाउने ‘एलए माइनस रेटिङ’ दिएको छ ।
यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ । लगानीकर्ताले साउन ९ गतेसम्म यसमा आवेदन दिन पाउनेछन् । उक्त अवधिमा सबै ऋणपत्र बिक्री नभएमा भदौ ३ गतेसम्म आवेदन दिन पाइनेछ । न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस ऋणपत्रमा सी–आस्वाको माध्यमबाट आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्