
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीलाई सम्पति शुद्धिकरण विभागले मुद्धा हाल्ने भएको छ । केसीको ३० करोडको सम्पतिको स्रोत नखुलेपछि विभागले सांसद केसीविरुद्ध मुद्दा हाल्ने अन्तिम तयारी गरेको हो । ३० करोड रुपैयाँ बराबर ‘कालोधन’ फेला परेको निष्कर्षमा पुगेपछि विभागले यस्तो तयारी गरेको हो ।
‘उहाँको (सांसद सूर्यबहादुर केसीको) सम्पूर्ण फाइल अनुसन्धानको अन्तिम चरणमा छौँ । करिव ३० करोड स्रोत नखुलेको सम्पति देखिएको छ । हामी उनीविरुद्ध भ्रष्टाचार मुद्धा हाल्ने अन्तिम तयारीमा छौं ।’ विभागका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने । ‘केही समयमै प्रधामन्त्री लीलाई मुद्दाको जानकारी गराउने तयारी गरिरहेका छौँ । उहाँले निर्देशन दिने वित्तिकै मुद्दा हाल्छौँ। ‘ ती अधिकारीले भने । अझ खास कुरा त के छ भने यो मुद्दामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक पनि जोडिएका छन् । उनी केहि समय अगाडी घुस काण्डमा मुछिएका थिए ।
केसीको बैंक तथा वित्तीय संस्थाहरुमा समेत शेयर लगानी छ। केसीको बैंक कारोबारउपर पनि अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन् । केसी पोखराका चर्चित ब्यवसायी पनि हुन् । केसीको हिमश्री फुड्स प्रालि , हिमश्री फुड्स वेस्टन नेपाल, केसी कन्स्ट्रक्सन फर्म, टाक्स हाइड्रोपावर प्रालि, भगवती हाइड्रोपावर प्रालि, सिभिल हाइड्रोपावर प्रालि, गण्डकी हाइड्रोपावर प्रालि, मडक्यू -सिक्लेस) हाइड्रोपावर प्रालि, युनाइटेड इदि मर्दि हाइड्रोपावर प्रालि, अपर सेती हाइड्रोपावर प्रालि, हिमश्री केसी ग्रुप पिएएर्स इण्डस्ट्रीज एण्ड ट्रेडिङ, माछापुच्छ्रे बैंकलगायतमा लगानी छ ।
उनले नेपाल इन्जिनियरिङ कलेज, नेपाल मेडिकल कलेज, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज लगायातमा पनि सञ्चालकका रुपमा काम गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्