Skip to content
LAXMI SUNRISE BANK

‘एनआइसी एशियाको रोशन होस् वा ज्योतिको मनोज, दुबैलाई सफल बनाउने आधार ‘सिए’ हो’ : मनोज ज्ञवाली (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिए अध्ययन गरिरहेका विद्यार्थीहरुको संगठन नेपाल चार्टड एकाउन्टेन्ट्स विद्यार्थी संगठन (एनकासा)ले आयोजना गरेको सिए स्टुडेन्ट्स फेटमा आफ्नो प्रस्तुती दिँदै सिए मनोज ज्ञवालीले विद्यार्थीहरुलाई पढ्ने तरिका, परिक्षामा लेख्ने तरिका सिकाएका छन् भने आफ्नो सिए पढ्दाको अनुभवसमेत सुनाएका छन् ।
दैलेखको सामान्य गाउँमा जन्मिएर सिए पढ्न भारत जाँदा भोगेका भोगाईहरुलाई उनले निकै रोचक शैलीमा प्रस्तुत गर्दै सिए गाह्रो भन्दा पनि पढ्न नजान्दा गाह्रो हुने तथ्यलाई प्रस्ट्याएका थिए । सिएको स्कोप घटीरहेको हो कि भन्ने चर्चा चलिरहेका बेला विद्यार्थीहरुलाई ‘मोटिभेट’ गर्दै उनले अहिले पनि सिएको स्कोप नघटेको बरु क्वालिटीमा केहि समस्या देखा परेको प्रस्ट पारे ।
उनले सामान्य परिवारबाट हुर्किएर अहिले आफुलाई सिए कोर्सले नै यतिको अब्बल बनाएका उनले एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपाने पनि ११ बर्षको करियरमा ठुलो बैंकको सीइओ हुनुको कारण पनि चार्टड एकाउन्टेन्सी नै भएको बताए । हेर्नुहोस् भिडियो :

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK