×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीति : अव बैंकमा सुनचाँदी राख्दा पनि ब्याज पाइने, हुँदैछ नीतिगत व्यवस्था !

PRIME CA
GLOBAL IME BANK

मौद्रिक नीति : अव बैंकमा सुनचाँदी राख्दा पनि ब्याज पाइने, हुँदैछ नीतिगत व्यवस्था !

८ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिमा राष्ट्र बैंकले सुनचाँदी राखेर ब्याज पाउने व्यवस्थालाई कार्यान्वयनमा लैजाने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा ल्याएको यो कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले नीतिगत व्यवस्था गर्ने भएको हो।

यस्तै नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक मौद्रिक नीतिमा नेपाल राष्ट्र बैंकका गभर्नरले फेसबुक लगायतका सामाजिक संजालमा विज्ञापन गर्न पेमेन्ट गेटवेको व्यवस्था गरिने बताएका छन् । यो घोषणालाई अझ स्पष्ट पार्दा पेपाल लगायतका केहि गेटवेहरुलाई राष्ट्र बैंकले बैधानिकता दिने संकेत देखिएको छ । 
यस्तै मर्जरमा जाने बैंकका सीइओ र उच्च व्यवस्थापनलाई कुलिङ पिरियड नलाग्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरले यस्तो घोषणा गरेका हुन् । यसअघि वाणिज्य बैंक तथा विकास बैंकका सीइओहरुलाई कुलीङ पिरियड लागु हुने गरेको थियो । अव मर्जरमा जाने बैंकहरुको हकमा यो नीति लागु नहुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: