×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ७० करोड, पूँजी कोष अनुपात भने खुम्चिंदै ! अन्य सूचकको अवस्था यस्तो छ !

काठमाडौँ । माछापुच्छ्रे बैंकले गत आर्थिक बर्षको चौथो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकले १ अर्व ५० करोड नाफा कमाएको छ । आर्थिक बर्ष ७४/७५मा बैंकले १ अर्ब २४ करोड नाफा कमाएको थियो । 
यता बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३२ करोड रहेको छ । जसलाई आधार बनाएर हिसाव गर्ने हो भने बैंकले करिव १६ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकले निष्क्रिय कर्जामा सुधार गरेको छ । यध्यपी बैंकको विवरण हेर्दा अन्य कुरामा सुधार देखिए पनि पूँजी कोष अनुपात खुम्चिदै गएको देखिन्छ । 
अघिल्लो आर्थिक बर्षमा ०.४४ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा गत आर्थिक बर्षमा घटेर ०.३७ प्रतिशत कायम भएको देखिएको छ । यता बैंकको मूल्य आम्दानी अनुपात १२.४८ गुणा रहेको छ भने प्रतिशेयर नेट वर्थ १३९.५८ रुपैयाँ रहेको छ । बैंकको प्रति शेयर आम्दानी २१.१५ रुपैयाँ रहंदा आधार ब्याजदर १०.३७ प्रतिशत रहेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको कोषको लागत ७.८८ रहेको छ भने स्प्रेड दर (ब्याजदर अन्तर) ४.२७ रहेको छ । बैंकको सीसीडि भने ७६.९८ प्रतिशत रहेको दखिएको छ ।
यस अवधिमा बैंकको जगेडा कोष १ अर्ब ४५ करोड रहेको छ । हाल बैंकको चुक्ता पुंजी ८ अर्ब ५ करोड रहेको छ । ८५ अर्ब १९ करोड निक्षेप संकलन गरेको बैंकको कर्जा लगानी ७५ अर्ब २९ करोड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: