×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सल्लाहमात्र हुँदा मर्जर टुंगिसकेको हल्ला ! मेगा र ग्लोबल आइएमइ बैंकको सेयरमा तीब्र चलखेल !

PRIME CA
GLOBAL IME BANK

सल्लाहमात्र हुँदा मर्जर टुंगिसकेको हल्ला ! मेगा र ग्लोबल आइएमइ बैंकको सेयरमा तीब्र चलखेल !

१८ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मंगलबार अधिकांस ब्रोकर हाउसमा मर्जरकै चर्चा थियो । ग्लोबल आइएमइ र मेगा बैंकबीचको मर्जरको विषय देखि मेगा र नबिल बैंकको मर्जरसम्मको चर्चाले बजार नमज्जासँग तातेको थियो । लहैलहैमा लगानीकर्ताहरु बैंकको सेयरमा झुम्मिएको देखिएको थियो भने मर्जरको सामान्य विषयलाई ‘मर्जर टुंगिसक्यो’जसरी हौवा पिटाउने काम हुँदा साना लगानीकर्ताहरु फस्न थालेका छन् । 
सल्लाहमात्र हुँदा मर्जर टुंगिसकेको हल्ला !
ग्लोबल र मेगाबीच स्वाप रेसियोसमेत फाइनल भइसकेको भन्ने हल्ला बजारमा चल्यो । जवकी ग्लोबल आइएमइ बैंकले अहिले मेगासँग छलफल मात्र गरिरहेको छ । मेगासँगमात्र होइन ग्लोबल आइएमइ बैंकले सेञ्चुरी, जनता, सिभिल लगायतका बैंकसँग मर्जरका लागि लागि छलफल गरिरहेको छ । सेन्चुरीले प्राइमसँग छलफल गरिरहेको पनि सत्य हो । मेगा र नबिलबीच पनि केहि छलफल भएको हो । नेपाल राष्ट्र बैंकका गभर्नरले पार्टनर खोज्नु भनेपछि बैंकहरु विभिन्न बैंकसँग मर्जरको छलफल गरिरहेका छन् । तर कसैको पनि मर्जर टुंगिसकेको छैन । तत्काल मर्जरको विषय टुंगिने अवस्था पनि छैन । तर यहि विषयलाई लिएर विभिन्न अनुमान गरिंदा साना लगानीकर्ताहरु पुन: फस्ने सम्भावना देखिएको छ । यता ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र ढकाल र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले भने बजारमा हल्ला चलेको लेभलमा कुराकानी नभएको बताइरहेका छन् ।
हल्लाकै भरमा चलखेल 
मंगलबारमात्रै केहि बैंकको सेयरमा तिब्र चलखेल भएको छ । मर्जरको हल्ला चलाएर सबै भन्दा बढी चलखेल ग्लोबल आइएमइ बैंकको सेयरमा गर्न खोजिएको छ । मेगामा पनि उस्तै चलखेल देखिएको छ । २ सय रुपैयाँ पुग्न हम्मे–हम्मे भएको मेगा बैंकको शेयर २ सयभन्दा माथि पनि ठूलै भोलुममा कारोबार भइरहेको छ । आइतबार र सोमबार मात्र ग्लोबल आइएमईको संस्थागत शेयर एक सय ७३ मूल्यको आसपासमा करिब १० करोडको खरिद बिक्री भएको छ । साधारण शेयरको मूल्य पनि माथि लैजान खोजिएको देखिन्छ । तर यहिबीचमा ठुला लगानीकर्ताहरुले भने मेगा र ग्लोबल आइएमइ बैंक दुबैको सेयर फालिरहेका छन् । ठुला लगानीकर्ता र बजारका केहि खेलाडीहरुले यस्तै मौकाको फाइदा उठाएर सेयर बेच्ने गरेका छन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: