
काठमाडौँ । ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा मर्ज हुने सम्झौता भएको छ । मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीत्रमा सेयर स्वाप रेसियो ८५ प्रतिशत रहने उल्लेख छ । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। होटेल सांग्रिलामा उक्त हस्ताक्षर भएको हो । ग्लोबल आईएमई बैंकको तर्फबाट सुदर्शन कृष्ण श्रेष्ठलाई मर्जर कमिटीको संयोजक तोकिएको छ भने जनता बैंकको तर्फबाट गौतम प्रसाद खनाल सह संयोजक रहने छन्।
ग्लोबल आइएमइ बैंकका पीडीत भन्छन्, ‘थप पीडा हुने भो’
यता आफ्नो मन्जुरीनामा बिना नै आफ्नो जग्गा ग्लोबल आइएमइ बैंकले अर्कैका नाममा पारिदिएपछि अहिले मुद्धा मामिला गरिरहेका इटहरीका सुबाश ठाकुरले आफुलाई थप पीडा हुने बताएका छन् । ‘जनता बैंकले स्टाफको पैसा नदिएको, बैंक छोड्दा अवैध रकम असुली गरेको खबर अर्थ सरोकारमा पढेको थिएँ । ग्लोबल आइएमइ बैंकले त मेरो हक अंशनै मारेको छ । ‘एउटा स्टाफमारा र अर्को ग्राहकमारा मिलेछन् । हामीलाई थप पीडा थपिने भो ।
यस्तो थियो सुबास ठाकुरको घटना
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्