काठमाडौं – मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको खुद नाफा १६ करोड ७६ लाख २२ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ७६.९३%ले धेरै हो । गत वर्ष संस्थाको खुद नाफा ९ करोड ४७ लाख ३४ हजार रुपैयाँ मात्र कमाएको थियो ।
सार्वजनिक भएको विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा क्रमश: ५४.८९ र ५४.४०% ले वृद्धि भएको छ । गत वर्ष २७ करोड ८७ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाको यस त्रैमासमा बढेर ३६ करोड ९८ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । यता, सञ्चालन नाफा २२ करोड ९३ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले १अर्व २१ करोड ६ लाख ३३ हजार निक्षेप संकलन गरी ४ अर्व ७१ करोड ७५ लाख ७५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको जगेडा कोष पनि आकर्षक सुधार आएको छ । जगेडा कोषमा ११३.८३% ले बढेर ३३ करोड ९० लाख ८३ हजार रुपैयाँ पुगेको छ ।
यता, संस्थाको खराव कर्जा ०.१३%ले घटेर १.२०% मा सिमित रहेको छ भने प्रतिसेयर आम्दानीमा केहि गिरावट आएको छ । संस्थाको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६४ पैसा घटेर २५ रुपैयाँ ४८ पैसामा सिमित रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ७ पैसामा झरेको छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्