Skip to content
LAXMI SUNRISE BANK

एकै साथ मुक्तिनाथ विकास बैंकको ६ शाखा विस्तार, कहाँ कहाँ पुग्यो सेवा ?

अर्थ सरोकार

गोरखा

काठमाडौं – मुक्तिनाथ विकास बैंकले एकै साथ ६ वटा शाखाको विस्तार गरेको छ । बैंक विस्तार गर्ने क्रममा काठमाडौँ जिल्लाको टोखा तथा कीर्तिपुर, ललितपुर जिल्लाको बाडेगाउँ तथा इमाडोल, गोरखा जिल्लाको गोरखा, गुल्मीजिल्लाको तम्घास गरी आफ्ना छ शाखा कार्यालय विस्तार गरेको हो ।
टोखा शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन् । प्रमुख अतिथि अधिकारीले बैंकको प्रगतिको कामना गर्दै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । किर्तिपुर नगरपालिकामा रहेको बैंकको मेयर रमेश महर्जनले गरे । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि महर्जनले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्ति गरेका थिए ।
त्यसैगरी, बाडेगाउँ शाखाको विस्तारको क्रममा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले गरे । शाखा कार्यालय उद्घाटनमा गर्नु हुँदै प्रमुख अतिथि महर्जनले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकास बैंकको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउनेछ ।
इमाडोल शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि कडेलले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउने बताए ।
गोरखा शाखाको समुद्घाटन गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले गरेमा । कार्यक्रममा प्रमुख अतिथि पन्तलेबैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे । साथै, तम्घास शाखाको उद्घाटन रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले गरेको । कार्यक्रममा प्रमुख अतिथि भुसाललेलबैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा बैंकका सँस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, सँस्थापक सेयरधनी, स्थानीय नागरीक, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
मुक्तिनाथविकास बैंकको ११९ वटा शाखा, २५ वटा एटिएम. र ६ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बंैकास्योरेन्स, आस्वा, मोबाइल बंैकिंङ्ग सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK