राइट इस्युज :
कम्पनी : मल्टिपर्पोज फाइनान्स
खुल्ला हुने मिति : सोमबार, असार २३ गते
कित्ता : ८६५% (१ कित्ता बराबर ८.६५ कित्ता)
अन्तिम दिन : साउन २६ गते
विवरण :
मल्टिपर्पोज फाइनान्सको ८६५% हकप्रद सेयर सोमबारदेखि बिक्री खुल्ला हुने भएको छ । मल्टिपर्पोजले प्रतिकित्ता १०० रुपैयाको दरले कुल ३५ करोड ८५ लाख २६ हजार ४०० रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो।
आवेदन दिन सकिने साखाहरु :
सिभिल क्यापिटल, काठमाडौं
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ करोड १४ लाख ७३ हजार ६०० रुपैयाँ
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : २४ लाख ९९ हजार ४९३ रुपैयाँ
प्रतिसेयर आम्दनी : ८ रुपैयाँ ४ पैसा
प्रतिसेयर नेटवर्थ : १५६ रुपैयाँ ३३ पैसा