Skip to content
LAXMI SUNRISE BANK

नबिल बैंकद्वारा ‘बर्न भायोलेन्स् सरभाईभल’ नेपाललाई एक लाख आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ – नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७६ असार १९ गते बर्न भायोलेन्स् सरभाईभल नेपाल (BVS Nepal) लाई मुल्य रु. १००,०००।– (अक्षरुपी एकलाख मात्र) वरावरको आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम आगलागीबाट पीडित बिरामीहरुको उपचार, आहारबिहार, परामर्श तथा फिजियोथेरेपीका निम्ति प्रयोग गरिने छ ।
बर्न भायोलेन्स् सरभाईभल नेपाल आगलागीबाट हुने हिंसा/दुर्घटनाका उत्पीडित बिरामीहरुको सुरक्षा, रोकथाम, वकालत, दीर्घकालीन स्वास्थ्यलाभ तथा पुनर्वासको कामहरुमा समर्पित रहदै आएको संस्था हो । स्थापना भएको समयदेखी बर्न भायोलेन्स् सरभाईभल नेपालले ५१० भन्दा बढी आगलागीबाट पीडित बिरामीहरुलाई चिकित्सा, सर्जिकल र पुनस्र्थापनामा सहयोग उपलब्ध गराएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी  शाहले उक्त रकम (BVS Nepal) लाई हस्तान्तरण गर्नु हुंदै यस्तो पवित्र सेवामा सहभागि हुन पाएकोमा सन्तुष्टी व्यक्त गर्नु भएको थियो ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला आदि विभिन्न सामाजिक कल्याणका क्षेत्रमा निरन्तर रुपमा सहयोग प्रदान गरी अझ बढी प्रतिवद्धताका साथ लागि पर्ने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK