×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेसनल माइक्रोफाइनान्सको खुद नाफा ५३.२७% वृद्धि, हेर्नुस् यस्तो छ संस्थाको विवरण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेसनल माइक्रोफाइनान्सको खुद नाफा ५३.२७% वृद्धि, हेर्नुस् यस्तो छ संस्थाको विवरण

Artha Sarokar

७ श्रावण २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा ५३.२७% ले धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा संस्थाले ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थाको  खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: ५४.५७% र ५४.८२% ले वृद्धि भएको छ । संस्थाको खुद नाफा २६ करोड ६४ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको छ भने सञ्चालन नाफा २० करोड ८६ लाख ५७ हजार रुपैयाँ पुगेको छ ।
यो चौथौ त्रैमाससम्ममा संस्थाले निक्षेप ७२.१३% ले वृद्धि गरी १ अर्व २८ करोड ४० लाख ७७ हजार रुपैयाँ संकलन गरेको छ भने ३ अर्व ६६ करोड ५४ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यो कर्जा लगानी अघिल्लो वर्षको तुलनामा ५४% ले वृद्धि भएको छ। संस्थाको चुक्ता पुँजी  १५ करोड ८ लाख ८३ हजार रुपैयाँ रहेको छ । यस अवधिमा रिजर्भ कोष ९६.३५% ले बढेर २४ करोड १२ लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिजर्भ कोषमा १२ करोड २८ लाख ३९ हजार रुपैयाँ रहेको थियो । 
यो संस्थाको खराब कर्जा १.४३% रहेको छ। संस्थाको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८६ पैसाले बढेर ८७ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८६ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी