×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपति विद्या भण्डारीको आग्रह (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

बैंक तथा वित्तीय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन राष्ट्रपति विद्या भण्डारीको आग्रह (भिडियो रिपोर्ट)

२३ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – राष्ट्रपति विद्या भण्डारीले बैंक तथा वित्तिय संस्थाहरुलाई उत्पादनशील क्षेत्रमा लगानी बढाउन आग्रह गर्नु भएको छ । राष्ट्रपति भण्डारीले नेपाल राष्ट्र बैंकले जनताद्धारा संकलित निक्षेपलाई उत्पादनशील क्षेत्रमा लगानी गरेर मुलुकको आर्थिक विकास र सुशासनमा थप योगदान पु¥याउने विश्वास पनि व्यक्त गर्नुभयो । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रिय कार्यालय भवनको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्दै उहाँले वित्तिय संघ, संस्थाहरुलाई मुलुकको आर्थिक वृद्धि गर्न र वित्तिय अनुशासनलाई कायम गर्न नेपाल राष्ट्र बैंकले आवश्यक अनुगमन र नियमनको कामलाई प्रभावकारी बनाउने अपेक्षा पनि गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुलाई जनताप्रति उत्तरदायी बनाउने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहँले मुलुकको आर्थिक विकासका लागि कृषि, उर्जा र पर्यटन क्षेत्रमा लगानी बढाइएको पनि बताउनुभयो ।
राष्ट्रपति भण्डारीले शिलान्यास गर्नु भएको सो भवन अगाडी दुई तला र पछाडी चार तलाको हुनेछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माणको जिम्मेवारी लिएको सो भवनको अनुमानित लागत २ अरव ८ करोड रहेको नेपाल राष्ट्र बैंकका डेपुटी भगर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिनुभयो ।
साँढे ६१ रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सो भवन २०७८ साल भदौ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस भवनको निर्माण कम्पनी भने सिके समानान्तर जेभी रहेको छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: