
काठमाडौँ । स्थानीय तहमा पनि बैंकको पहुँच पुगोस् भन्ने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले ल्याएको नीति अनुरुप विभिन्न बैंकले विभिन्न स्थानीय तहमा आफ्नो शाखा खोलिरहेका छन् । राष्ट्र बैंकको यहि नीति अनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिकामा शाखा खोलेको नेपाल एसबिआइ बैंक भने स्थानीय तहमा विवादमा परेको छ ।
लफडामा पर्यो एसबिआइ बैंक !
गाउँपालिकाको केन्द्रमा बैंकको शाखा सञ्चालन गर्नुपर्ने वा त्यसो गर्न नसेको खण्डमा उक्त गाउँपालिकासँग समन्वयन गरेर बैंकको शाखा राख्नु पर्नेमा उक्त बैंकले केहि राजनीतिक व्यक्तिहरुको लविङमा उनीहरुलाई नै सजिलो हुने गरी आफ्नै घरनजिकै राजनीतिक व्यक्तिकै घरमा शाखा खोलेको भन्दै बैंक विवादमा तानिएको हो । अहिले नेपाली कांग्रेसका महासमिति सदस्य किष्ण मिश्रको घरमा बैंकको शाखा छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ३ लाकुरी भञ्ज्याङ्मा बैंकको शाखा स्थापना गर्नुपर्नेमा त्यसो नगरेपछि पञ्चकन्या गाउँपालिकाका तर्फबाट प्रशासकीय अधिकृत नरेश पुडासैनीले बैंकलाई पत्र नै पठाएर यस विषयमा निर्देशन विपरित काम गर्नुको कारण लिखित रुपमा माग गरेको छ ।

वडाध्यक्षको भौतिक कारवाहीसम्मको चेतावनी !
यता गाउँपलिकाका अध्यक्ष तेजबहादुर तामाङले गाउँपालिकाको केन्द्र आसपासबाट नै बैङ्क मार्फत आर्थिक कारोवार गर्ने भनेर गाउँपालिकाले बारम्बार बैङ्कलाई जानकारी गराए पनि अटेर गरिरहेको आरोप लगाएका छन्।आफुहरुसँग समन्वय नै नगरी बैंकले मनपरी ढंगले शाखा खोलेको उनको तर्क छ । बैंकले दादागिरी देखाएको भन्दै स्थानीय तहले बोर्ड हटाउन निर्देशन दिएको भने आफ्नो निर्देशन अटेर गरेको भन्दै प्रहरीलाइ समेत पत्राचार गरेर बोर्ड हटाउन अनुरोध गरिएको छ। बैंकले अझै अटेरी गरे आफु कारवाहीको बाटो रोज्ने चेतावनीसमेत गाउँपालिका अध्यक्षले दिएका छन् । आगामी ३ दिनसम्म पनि गाउँपालिकालाई नटेरेर बैंकले दादागिरी देखाई बोर्ड नहटाएको खण्डमा बैंकमाथि भौतिक कारवाही गर्ने चेतावनीसमेत गाउँपालिका अध्यक्ष तामाङले दिएका छन् ।

विज्ञ भन्छन्, ‘स्थानीय तहसँग समन्वय गर्नैपर्छ’
यता बैंकिङ विज्ञहरुले पनि स्थानीय तहमा बैंक जाँदा स्थानीय तहसँग समन्वय गर्नुपर्ने बताएका छन् । ‘अहिले त स्थानीय तह अधिकारका हिसावले धेरै मजबुत छ । स्थानीय तहमा साना साना कुराहरुमा त समन्वय गर्नुपर्छ भने यहाँ त शाखा खोल्ने कुरा रहेछ । यसमा त गाउँपालिकासँग समन्वय गर्नै पर्थ्यो ।’ बैंकका एक जानकारले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्