×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एसबीआई बैंकको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेपाल एसबीआई बैंकको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन

२० असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल एसबीआई बैंक सञ्चालक समितिको अध्यक्षमा बि.आर.एस. सत्यनारायण चयन भएका छन् । असार १९ गते बसेको सञ्चालक समिति बैठकले सत्यनारयाणलाई अध्यक्ष चुनेको हो । अध्यक्ष बि.आर.एस. सत्यनारायण, एसबीआई मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ समूहमा मुख्य महाप्रबन्धक पदमा कार्यरत छन् । उनले एसबीआईको एसिया, अफ्रिका तथा अष्ट्रेलियामा रहेका बैंकिङसँग सम्बन्धित मामिला हेर्छन् ।
नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले बैंकका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष बि.आर.एस. सत्यनारायणलाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा बिहीबार आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराए ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक नरेन्द्र सिंह विष्ट, का.मु. निर्देशकहरु वीरेन्द्र दत्त अवस्थी तथा नेपाल एसबीआई बैंकका निर्वतमान अध्यक्ष तथा एसबीआई भारतका नायब प्रबन्ध सञ्चालक सुजित कुमार बर्मा उपस्थित थिए । यसैगरी, बैंकका सञ्चालकहरु आर.एस. रमेश, बाल कृष्ण श्रेष्ठ, अर्जुन कुमार गौतम, केशव राज आचार्य एवं बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भट्नागर लगायतको पनि उपस्थिति थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी