
काठमाडौँ । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालन हुने दोश्रो बन्दमुखी योजना एनआईसी एशिया ब्यालेन्स्ड फन्डको प्रति इकाई मूल्य रु.१०का दरका १२ करोड ५० लाख इकाईमध्ये बीज पूँजी वापत न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेड तथा योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम १० करोड ६२ लाख ५० हजार इकाईको निष्काशन तथा बिक्री खुल्ला मिति २०७६-०४-०८ गतेदेखि गरिएको छ ।
माग गरे बमोजिमको आवेदन प्राप्त भएमा उक्त इकाईको निष्काशन बन्द मिति २०७६-०४-१२ गतेबैं किङ्ग समय पश्चात् हुनेछ। भनेप्राप्त मात्रमा आवेदन नपरेमा इकाईको निष्काशन तथा बिक्री खुल्ला मिति २०७६-०५-०५ गतेसम्म रहने छ । यस योजनाको अवधि १० वर्ष रहेको छ । उक्त ब्यालेन्स ड्फण्डको इकाई खरिद गर्नको लागि प्रचलित सामूहिक कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले आवेदन दिन सक्नेछन ।
यस योजनामा लगानी गर्न इच्छुक लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक ताथ वित्तीय संस्था वा मेरो शेयरमा लगइन गरी अनलाईन मार्फत समेत आवेदन गर्न सकिने छ । यस एन आई सी एशिया ब्यालेन्सड फन्डको विवरण पुस्तिका प्राप्त गर्न-हेर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाण्डौं वा एन आई एशिया क्यापिटलको वेवसाईट वा धितोपत्र बोर्डको वेवसाइटमार्फत समेत हेर्न वा प्राप्त गर्न सक्नु हुनेछ । साथै मेरो शेयरप्रयोग कर्ताहरुले सोही प्रणालीबाट डाउनलोड गरी हेर्न सक्नु हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्