×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको ‘सिएसआर’: कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको पुर्नस्थापनाका लागि आर्थिक सहयोग

PRIME CA
GLOBAL IME BANK

एनआईसी एशिया बैंकको ‘सिएसआर’: कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको पुर्नस्थापनाका लागि आर्थिक सहयोग

१८ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – एनआईसी एशिया बैंकले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको पुर्नस्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले धनगढी उप–महानगरपालिका प्रकोप व्यवस्थापन कोषमा सहयोगस्वरुप दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।
उक्त सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख टेक राज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृप बहादुर ओडलाई हस्तान्तरण गरे ।
यो सहयोगबाट हावाहुरी पीडित क्षेत्रका परिवारलाई सहयोग पुग्ने भन्दै धनगढी उप–महानगरपालिकाका प्रमुख ओडले यस किसिमको सहयोग आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गरे । एनआईसी एशिया बैंकले गरेको यो सहयोगले उक्त क्षेत्रका पीडित परिवारका लागि केही राहत पुग्ने विश्वास लिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: