काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/०७६ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ८६.४५% ले बढेर ६ करोड ९ लाख ८२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यसै अवधिमा संस्थाले ३ करोड २७ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यो चौथो त्रैमाससम्ममा संस्थाले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २५.२८% र ८५.३९% वृद्धि भएको छ । अघिल्लो वर्ष १६ करोड ५६ लख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी रहेको संस्थाको यस त्रैमासमा २० करोड ७४ लाख ९७ हजार रुपैयाँ कमाएको छ । साथै, सञ्चालन नाफा ४ करोड ३७ लाख ७ हजार रुपैयाँ वृद्धि गरेर ९ करोड ४८ लाख ९१ हजार रुपैयाँ पुर्याएको छ ।
यता, संस्थाले १ अर्व ५ करोड २८ लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्व ७ करोड ५६ लाख ७४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ पुगेको छ भने जगेडा कोषमा १४ करोड ३३ लाख ९ हजार रुपैयाँ जम्मा गरेको छ ।
यस अवधीसम्ममा संस्थाको खराब कर्जा २.०२%मा झरेको छ । अघिल्लो वर्ष संस्थाको खराब कर्जा २.५९% रहेको थियो । संस्थाको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४२ पैसाले बढेर ३७ रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४६ पैसा पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्