काठमाडौँ – एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न–गाभिने प्रस्ताव अनुमोदन गर्नका लागि साउन २८ मा विशेष साधारणसभा बोलाएको छ । साउन ९ गते बसेको सञ्चालक समितिको ३८७ औं बैठकले बैंकको उक्त विशेष साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको हल (स्टाफ कलेज) जावलाखेलमा बिहान १० बजे गर्ने निर्णय गरेको छ । साथै, बैंकले प्रबन्धपत्र तथा नियमावली संसोधन गरि ब्रोकेज सेवा समेत थप्ने भएको छ।
उक्त सभामा बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्न–गाभिने प्रस्ताव पारित गर्नेछ । एनएमबिले ओमलाई १००ः७६ अनुपातमा गाभ्ने भनिए पनि विशेष साधारण सभाको सूचनामा यससम्बन्धमा केही पनि खुलाइएको छैन । ओम डेभलपमेन्ट बैंकको स्रोतको अनुसार १००ः७६ सेयर स्वाप अनुपातमा सहमति भइसकेको छ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई विशेष साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्