×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘कथित बैंकास्योरेन्स’का नाममा यसरी झुटको खेती गर्थे बैंक र बीमा कम्पनीहरु, अन्ततः राष्ट्र बैंकले लगायो लगाम (भिडियो)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अव बैंकहरुले बिमा बेच्न नपाउने नियम ल्याएपछि कथित बैंकास्योरेन्सका नाममा झुटको खेती गर्ने बैंक र बीमा कम्पनीहरुको ‘ठगी-धन्दा’ बन्द हुने भएको छ । आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर चिरन्जीवी नेपालले बैंकहरुले बिमा बेच्न नपाउने घोषणा गरेका हुन् । यस अघि बैंकहरुले बैंकास्योरेन्सको नाममा मनपरी ढंगले बिमा बेच्दै आएका थिए ।
यसो त आफुलाई मै हुँ भन्ने बैंकदेखि बीमा कम्पनीमा लामो अनुभव संगालेको फुर्ती लगाउने सीइओ भएका बीमा कम्पनीहरुले पनि यस्तो धन्दा चलाईरहेका थिए । जवकी नेपालमा बैंकास्योरेन्सको कुनै कानुन नै छैन । कतिपय सञ्चारमाध्यमहरुले विभिन्न बीमा कम्पनी र बैंकहरुकै सल्लाहमा संस्थागत एजेन्टको रुपमा गरिने कामलाई बैंकास्योरेन्स नै भनेर जनताको आँखामा छारो हालेका थिए ।
नेपाल राष्ट्र बैंकको यो नीतिसँगै अव भने विमा कम्पनीहरुको यो कथित बैंकास्योरेन्सको रमिता सधैंका लागि पूर्णविराम लाग्ने भएको छ । स्मरण रहोस्, अर्थ सरोकारले बैंकास्योरेन्सका नाममा झुटको खेती भइरहेको र नेपालमा बैंकास्योरेन्स भन्ने चीज कानुनमै उल्लेख नभएको तथ्य प्राथमिकताका साथ प्रकाशन / प्रशारण गर्दै आएको थियो । हेर्नुहोस् भिडियो रिपोर्ट 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: