×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकहरुले अनेकथरी शिर्षकमा मनपरी शुल्क लिन थालेपछि राष्ट्र बैंकले ल्यायो यस्तो नियम, अव एटिएम सेवा पनि सस्तो हुने (सर्कुलरसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकहरुले अनेकथरी शिर्षकमा मनपरी शुल्क लिन थालेपछि राष्ट्र बैंकले ल्यायो यस्तो नियम, अव एटिएम सेवा पनि सस्तो हुने (सर्कुलरसहित)

Artha Sarokar

१ श्रावण २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बैंकहरुले कर्जा लगानीमा लिने सेवा शुल्कमा राष्ट्र बैंकले कडाई गरेको छ । बैंकहरुले लिने प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क र प्रतिबद्धता शुल्कमा राष्ट्र बैंकले कडाइ गरेको हो । राष्ट्र बैंकले सोमबार एक सर्कुलर जारि गर्दै बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्दा लिने प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क र प्रतिबद्धता शुल्कमा फरक व्यक्ति वा संस्थालाई ०.२५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाउने व्यवस्था गरेर यस्तो कडाई गरेको हो । 
त्यस्तै एटीएम लगायतका प्रविधिहरुको प्रयोग गर्दा सेवा प्रदायकको लागत भन्दा बढी शुल्क पनि लिन नपाउने नीति राष्ट्र बैंकले लिएको छ । राष्ट्र बैंकको यस्तो नियमसँगै अव एटिएम सेवा पनि सस्तो हुने भएको छ । 
नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार अव उपरान्त बैंकहरुले कर्जा सम्झौता गर्दा नै सम्झौतापत्रमा प्रशासनिक सेवा शुल्क, अग्रिम भुक्तानी शुल्क र प्रतिबद्धता शुल्कको गण्ना विधि स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।यता ५० लाखसम्मका कर्जामा अग्रिम भुक्तानी शुल्क लिन नपाईने र सो भन्दा बढीको हकमा ब्याज दर परिवर्तन गरिएको अबस्थामा ऋणीले अग्रिम रुपमा कर्जा भुक्तान गर्न चाहेमा पनि शुल्क लिन नपाईने ब्यवस्था पनि राष्ट्र बैंकले गरेको छ । 
हेर्नुहोस् सर्कुलर:
 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी