×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओम डेभलपमेन्ट बैंकको ‘ग्राहक-मारा’ धन्दा : ३ महिनामै १० प्रतिशत ब्याज बढाएर ऋणीमाथि ‘अत्याचार’ ! (प्रमाणसहित)

PRIME CA

ओम डेभलपमेन्ट बैंकको ‘ग्राहक-मारा’ धन्दा : ३ महिनामै १० प्रतिशत ब्याज बढाएर ऋणीमाथि ‘अत्याचार’ ! (प्रमाणसहित)

अर्थ सरोकार

१६ असार २०७६, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । ओम डेभलोपमेन्ट बैंकले लापरवाही गर्दा भूकम्प पीडीतहरु मारमा परेको खुलासा भएको । २ प्रतिशतको कर्जा भनेर बैंकबाट लिएको रकमको ब्याज ३ महिनापछि १२ प्रतिशतले तिर्नुपर्ने जानकारी बैंकबाट आएपछि आफुहरुलाई बैंकले अन्याय गरेको भन्दै पीडीतहरु अर्थ सरोकारको सम्पर्कमा आएपछि यस्तो खुलासा भएको हो । बैंकले समयमा नै नेपाल राष्ट्र बैंकमा फाइलको प्रक्रिया अगाडी नबढाउँदा त्यसको मार भूकम्प पीडीतलाई परेको उनीहरुको तर्क छ । 
भएको के हो ?
तार्कुघाट-५ लमजुङ बस्ने बिनोद पन्तले भूकम्प पीडीतले २ प्रतिशतमा पाउने कर्जा ओम डेभलपमेन्ट बैंकबाट असोज २९ गते लिए । असोजपछि ऋणको आवेदन दिनेहरुलाई सरकारले भूकम्प पीडीतले पाउने सहुलियत अन्तर्गत २ प्रतिशतमा ऋण नपाउने भनेको थियो । तर त्यसअघि ऋण लिने सबैले यो सुविधा उपभोग गर्न पाउने व्यवस्था छ । उनको ऋण वापतको रकम खातामा असोज २९ गते नै आइसकेकाले उनी ढुक्क थिए । उनले सो ऋण बराबरको ब्याज कार्तिक र मङ्सिर महिनामा २ प्रतिशतले नै तिरे । तर पुष महिनामा उनलाई बैंकले १२ प्रतिशत ब्याज तिर्न आउनु भनेर खबर गर्यो । अव २ प्रतिशतको ब्याजमा लिएर ऋणऊपर कसरी १२ प्रतिशत ब्याज तिर्ने ? उनी तनावमा परे । त्यसपछि उनी यस विषयमा आफ्नो गुनासो लिएर नेपाल राष्ट्र बैंक पुगे । नेपाल राष्ट्र बैंकमा उनलाई बैंकले भूकम्प पीडीतका लागि २ प्रतिशतको कर्जाका लागि उक्त फाइल उपर नेपाल र राष्ट्र बैंकमा समयमा नै प्रक्रिया अगाडी नबढाएको र त्यसै कारण यस्तो समस्या आइपरेको जानकारी गराइयो । त्यसपछि उनी बैंकको यो लापरवाहीको स-प्रमाण बोकेर अर्थ सरोकारको सम्पर्कमा आइपुगे ।
जानकार भन्छन्, ‘बैंकको लापरवाही देखियो’
यता यस विषयमा बैंकिङ क्षेत्रका जानकारहरुले पनि ओम डेभलपमेन्ट बैंकको यस प्रकरणमा लापरवाही देखिएको बताएका छन् । ‘घटनाको प्रकृति हेर्दा ओमको लापरवाही देखिएको छ । उसले समयमा नै नेपाल राष्ट्र बैंकमा बढाउनुपर्ने प्रक्रिया अगाडी बढाउनुपर्थ्यो । तर नेपाल राष्ट्र बैंकले पनि सर्कुलरमार्फत गराएको जानकारीमा स्पष्टसँग असोज अगाडीको कर्जामा के हुने भन्ने कुरा स्पष्ट पार्नुपर्थ्यो । दुवै निकायका कमी कमजोरी छन् । जसको मारमा ऋणी परेका छन् । भूकम्पपीडीतहरुलाई राहत दिन भनेर ल्याइएको यस्तो व्यवस्थाले उल्टै पीडीतहरुलाई झन् पीडा माथि पीडा थपिदिएको छ ।’ बैंकिङ क्षेत्रका एक जानकारले अर्थ सरोकारसँग भने । उनका अनुसार जो कोहिले पनि २ प्रतिशतमा लिएको कर्जा २ महिनामा १२ प्रतिशतमा तिर्न सक्ने अवस्था हुँदैन । ‘बैंकले समयमा नै अगाडी प्रक्रिया नबढाउँदा ऋणी चपेटामा परेका छन् । यहाँनेर बैंकको गल्ती भएको हो । तर नेपाल राष्ट्र बैंकले पनि स्पष्ट रुपमा सर्कुलर जारी नगर्दा समस्या भएको हो । 
‘बैंकले अत्याचार गर्यो, अव मुद्धामामिलामा जान्छौँ’ : पीडीत 
यता पीडीतहरु भने आफु मुद्धा मामिलामा जाने तयारी गरिरहेको बताउँछन् । ‘हामीलाई बैंकले अनावश्यक टर्चर दियो । २ प्रतिशत ब्याज तिर्ने भनेर लिएको कर्जामा कसरी १२ प्रतिशत ब्याज तिर्नु ? कि पहिला नै भनिदिएको भए त्यो ऋण नै लिंदनथियौँ । बरु टहरामै बस्थ्यौं । तर घरको काम पनि सुरु भएपछि बैंकले बदमासी गर्यो ।’ उनले भने । उनका अनुसार बैंकले सुरुमा १२ प्रतिशत ब्याज तिर्नुपर्ने मौखिक जानकारीमात्र गराएको थियो । हामीले के का आधारमा यसरी १२ प्रतिशत ब्याज तिर्ने ? भनेर प्रश्न गरेपछि बैंकले हामीलाई पत्र दिएको छ । तर यो सरासर अन्याय भयो । यसो त हामीलाई १५ लाखको कागज गराएर १२ लाख मात्र पैसा दिइएको छ । समयमा नै ब्याज र किस्ता हालेको सजाय यस्तो हुने हो ?’ उनले प्रतिप्रश्न गरे । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: